बिहीबार पनि घट्यो सुनको भाउ

५ बर्ष अगाडि

काठमाडौं– साताको पाचौँ दिन बिहीबार नेपाली बजारमा सुनको भाउ फेरि घटेको छ । 

केही दिनयता निरन्तर घट्दै आएको सुनको भाउ बिहीबार तोलामा ५९ हजार १०० मा कारोबार भइरहेको हो । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा ५९ हजार ३०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५८ हजार ८०० मा कारोबार भइरहेको छ । 

यस्तै चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया