बार्षिक साधारणसभा सार्दै लगानीकर्तालाई हैरान पारेको कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं – बार्षिक साधारणसभा सार्दै लगानीकर्तालाई हैरान पारेको कुमारी बैंक लिमिटेडको दुई आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । जसको वार्षिक साधारण सभा बैशाख २६ गते बिहीबार गर्ने भएको छ ।

कम्पनीले एकैदिन सत्रौं र अठारौं वार्षिक साधारण सभा गर्ने भएको छ । आर्थिक वर्ष २०७३/७४को पनि साधारण सभा गर्न बाँकी रहेको बैंकले २०७४/७५ को सहित एकैदिन सभा आह्वान गरेको हो ।

कम्पनीको वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा बिहान साढे १० बज गर्ने भएको छ । साधारण सभामा आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ८ दशमलव ५० प्रतिशत गरि कूल २१ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव रहेको छ ।

यसैगरि बैंकको आफैँ वा सहायक कम्पनी मार्फत धितोपत्र दलाल सम्बन्धि कार्य गनै प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तीका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने कार्यसूची छ ।

संस्थापक र सर्वसाधारण शेयरधनीको तर्फबाट २/२ जना गरि ४ जना सञ्चालक निर्वाचन गर्ने, बैंकको केन्द्रीय कार्यालय टंगालमा रहने गरि प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने लगायतका मुख्य एजेण्डा रहेका छन् ।

बैंकले साधारण सभा प्रयोजनका लागि बैशाख ६ गते शुक्रबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । उक्त लाभांश बैशाख ५ गते अर्थात आज बिहीबारसम्म कायम रहने शेयरधनीले दुई आर्थिक वर्षको बोनस पाउनेछन् । रु एक अर्ब ५२ करोड २१ लाख ७८ हजार १३९ बोनस वितरण पश्चात बैंकको चुक्त्ता पूँजी रु ८ अर्ब ६८ करोड ४५ लाख ७३ हजार ११९ पुग्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया