विनोद चौधरीको नबिल बैंकको म्युचुअल फण्डको बिक्री सुरु, देला त प्रतिफल

४ बर्ष अगाडि

काठमाडौ – विनोद चौधरीको नवील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले व्यवस्थापन र नवील बैंकको प्रवद्र्धन रहेको तेश्रो म्युचुअल फण्ड, नवील ब्यालेन्स फण्ड २ ले बिहिबारदेखि देखि १० रुपैयाँ दरका १२ करोड इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको छ ।

इच्छुक लगानीकर्ताले छिटोमा बैशाख ९ गतेभित्र र ढिलोमा जेठ ३ गतेभित्र इकाई खरीदका लागि आवेदन दिन सक्नेछन् ।

यो स्किमको प्रति इकाई १० रुपैयाँ दरका कुल १ अर्ब २० करोड मूल्यका १२ करोड इकाईको बिक्री खुल्ला गरेको हो । धितोपत्र बोर्डले यो म्युचुअल फण्डको स्कीमलाई चैत १० गते इकाई निश्कासनको अनुमति दिएको  थियो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम १।२ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् । यसको अर्थ साथमा १ हजार हुनेले समेत लगानी  गर्न सक्नेछन् ।

आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था र तिनका जुनसुकै शाखाबाट इच्छुकले इकाई खरीदका लागि आवेदन दिन सक्नेछन्।

कुल निश्कासन हुने इकाईमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ८० लाख इकाई स्किम व्यवस्थापक र प्रवद्र्धकका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १० करोड २० लाख मात्र सर्वसाधारणका लागि जारी हुनेछ ।

नवील बैंकको सहायक कम्पनी नवील इन्भेष्टमेन्ट बैंकिंग लिमीटेडको व्यवस्थापनमा संचालित ५  वर्षे नवील ब्यालेन्स फण्ड १ यसअघि नै परिपक्व भइसकेको छ भने ७ वर्षे नवील इक्वीटी फण्ड अस्तित्वमा छ । नवील इक्वीटी फण्डको मूल्य दोश्रो बजारमा ८ रुपैयाँको हाराहारीमा छ । हाल १३ वटा म्युचुअल फण्ड संचालनमा छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया