नेपालको सानदार जित, विश्वकपमा पुग्न भने असफल

५ बर्ष अगाडि

काठमाडौँ – आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले नेपाललाई १ सय ५८ रनको लक्ष्य दिएको थियो । १ सय ५८ रनको मध्यम लक्ष्य पछ्पाएको नेपालले २८ ओभरमा २ विकेटको क्षतिमा १ सय ६० रन बनाउदै सहजै पुरा गरेको थियो । 

यद्यपी सानदार जित निकालेपनि नेपाल आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकपको लागि छनोट हुन भने असफल रह्यो । आज नै भएको अर्को खेलमा यूएईले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपना पुरा हुन सकेन । यूएई पाँच खेलमा पाँचमा नै जित निकाल्दै विश्वकपको लागि छनोट भयो ।

पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल वर्षाले प्रभावित दोस्रो खेलमा यूएईसँग डकवर्थ लेविस मेथर्डका आधारमा १ रनले पराजित भएको थियो । १ रनको हारनै नेपालको विश्वकप खेल्ने सपनामा बाधक बनेको छ  । 

५ बर्ष अगाडि

प्रतिक्रिया