लिभरपुल सेमिफाइनलमा प्रवेश (भिडियोसहित)

५ बर्ष अगाडि

काठमाडौँ – पोर्चुगिज क्लब एफसी पोर्टोमाथि सहज जित निकाल्दै इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोर्टोको मैदानमा बुधबार राति भएको खेलमा लिभरपुल ४–१ गोलले विजयी भएको हो । लिभरपुलले खेलको २६औं मिनेटमा साडियो मानेको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्दा एक गोल खान पुगेको थियो ।

६५औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै अग्रता दोब्बर बनायो । ६९औं मिनेटमा इडेर मिलिटाओले गोल गर्दै गोल अन्तर २–१ मा झारे । ७७औं मिनेटमा रोबर्टो फिर्मिनो र ८४औं मिनेटमा भर्जिल भान डिजिकले गोल गरेपछि लिभरपुल ४–१ ले विजयी हुन सफल भयो । 

५ बर्ष अगाडि

प्रतिक्रिया