नर्कको महसुस गर्ने भए यहाँ जानुस्

४ बर्ष अगाडि

थाइल्याण्ड – थाइल्याण्डको चियाङमाइ शहरमा एउटा यस्तो मन्दिर अवस्थित छ जहाँ श्रद्धालुहरू धर्मकर्म गर्न नभई  नर्क हेर्न पुग्ने गर्दछन् । यहाँ कुनै देवी देवताको मन्दिर नभई मृत्युपछि पापका आधारमा के के सजाय पाइन्छ भनि हेर्न पाइन्छ । यहाँ त्यस्ता किसिमको मूर्तिहरू स्थापना गरिएको छ जसमा के कस्ता सजाय छन् भनेर देख्न पाइन्छ । मूर्तिहरूले पाप गरेपछि नर्कमा के कस्तो पीडा पाइन्छ भनि दर्शाउने गर्दछ ।

यो मन्दिर सनातन धर्म र बौद्ध धर्मबाट प्रेरित छ । थाइल्याण्डको बैंककबाट ७ सय किलोमिटर टाढा चियाङमाइ शहरमा करीब ३ सय मन्दिर छन् जसमध्ये यो विश्वकै विचित्रको मन्दिर मानिन्छ । यस मन्दिर निर्माता भनेर एक बौद्ध भिक्षु प्रा.क्रु विशानजालिकनको नाम लिने गरिन्छ ।

उनले पाप र पीडा दिने व्यक्तिको अन्त पनि दुखदायी हुन्छ भनि मूर्तिमार्फत दर्शाएका छन् । यही कुराबाट प्रेरित भई उनले यस मन्दिरको परिकल्पना गरे जहाँ मृत्युपछि आत्माले भोग्न सक्ने कष्ट कस्तो हुन्छ भनि देख्न सकिन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया