बेहुलीलाई २१ वटा विषालु सर्प दाइजो

४ बर्ष अगाडि

भारत – अचम्म लाग्न सक्छ, तर यो सत्य हो । यहाँ बेहुलीलाई २१ वटा विषालु सर्प दाइजोमा दिइने गरिन्छ । 

यो घटना हो भारतको मध्येप्रदेशको एक गोरिया समुदायको । यस समुदायमा सबैलाई अचम्मित पार्ने अनौठो किसिमको प्रथा प्रचलनमा छ । अन्य समुदायमा घरेलु आवश्यकताका सामानहरू दाइजोमा दिइने गरिन्छ तर यस समुदायमा सामान तथा पैसा नभई २१ वटा विषालु सर्प दिइन्छ । यी सर्प बेहुलीको बाबुले दिने गर्छन् । 

 गौरिया समुदायमा यस अनौठो प्रथालाई लिएर कयौं मान्यताहरू रहेका छन् । ज्वाईंले यी सर्पको मद्दतले आफ्नो परिवारको पेट पाल्न सकुन् भनेर सर्प दिइन्छ । 

वास्तवमा यो समुदायको पेशा सर्प पालन हो, सर्प देखाएर नै घर खर्च चलाउने गर्छन् यी समुदाय । यसैकारण दाइजोमा सर्प दिइन्छ । छोरीको विवाह तय भएलगत्तै केटीका बाबुहरू सर्प खोज्नमा जुट्छन् । यी समुदायका मानिसहरू बर्षौंदेखि यस्ता विषालु सर्पहरू समात्दै आएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया