उत्तर कोरियाद्वारा 'लक्ष पछ्याउदै मार हान्नसक्ने हतियार'को परिक्षण

५ बर्ष अगाडि

उत्तर कोरिया –  उत्तर कोरियाले आफूले ‘शक्तिशाली विष्फोटक पदार्थ’ बोक्न सक्ने एक नयाँ ‘ट्याक्टिकल(सामरिक) निर्देशित हतियार’(लक्षलाई खोज्दै मार हान्ने प्रविधियुक्त हतियार) परिक्षण गरेको बताएको छ । 

यस्तो खालेको परिक्षण डोनाल्ड ट्रम्प र किम जोङ–उनबीचको वार्ता बिना सहमति टुटेपछिको पहिलो हो ।  

उत्तर कोरियाको सरकारी मिडियाले यस परिक्षणमा प्रयोग भएको हतियारबारे खासै विवरण दिएकौ छैन । तर विज्ञहरुले यस कदमलाई लामो–दुरीको मिसाइल परिक्षणतर्फको फिर्ती बताएका छन् । यस्तो खाले मिसाईलले अमेरिकालाई समेत क्षति पु¥याउने मानिन्छ । 

पछिल्लो पटक फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच हनोईमा भेटवार्ता भएको थियो । भियतनामको राजधानीमा आणविक निशस्त्रीकरणबारे छलफल गर्न भएको वार्ता डोनाल्ड ट्रम्प बिचमै उठेर हिडेपछि टुटेको थियो । 

अघिल्लो हप्ता किमले वार्ता सुचारु हुनको लागि ट्रम्पले ‘सही रवैया’ देखाउनु पर्ने बताएका थिए । 

किमको दावी :

कोरियन सेन्ट्रल न्यूज एजेन्स(केसीएनए) का अनुसार परिक्षणलाई किम आफैले अवलोकन गरेका थिए । केसीएनएले परिक्षणका क्रममा कयैन लक्षहरुमा फरक फरक तरिकाले प्रहार गरिएको रिपोर्ट दिएको थियो । विज्ञहरुले यसको अर्थ ‘हतियार’लाई जमिन, समुन्द्र अथवा आकाशबाट प्रक्षेपण गरेको भन्ने हुन सक्ने बताएका छन् । 

किमले यस प्रविधिले ‘जन–सेनाको युद्ध सामर्थ बढाउन अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने ’ बताएका छन् । समाचारमा अन्य विवरणहरु भने एकदम कम मात्रै दिइएको छ । त्यसैले यो मिसाइलको कुन प्रकार हो भन्ने पनि स्पष्ट भइसकेको छैन । तर अधिकाशं अवलोकनकर्ताहरु यो छोटो दुरीको हतियार हो भन्नेमा सहमत छन् । 

अघिल्लो वर्ष, उत्तर कोरियाली नेताले आणविक परिक्षण रोक्ने र अन्तर–महादेशीय व्यालेष्टिक मिसाइल प्रक्षेपण नगर्ने बताएका थिए । प्योङयाङको आणविक क्षमता विश्वलाई जानकारी भएपछि र अमेरिकासँगको वार्ताको कुराकानीबीच किमको उक्त वाचा आएको थियो । 

तथापी उत्तर कोरियाले आणविक गतिविधि भने जारी राखेको जस्तो देखिएको छ । उत्तर कोरियाको मुख्य आणविक क्षेत्रको भू–उपग्रहीय तस्विरहरुमा ती स्थानमा हलचल देखिएको थियो । यीनलाई त्यहाँ रेडियाधर्मी सामाग्रीहरुलाई पुनःप्रशोधन गरेर बमको इन्धन बनाइरहेको संकेत मानिएको छ । 

उत्तर कोरियाले अमेरिकी मुलभूमिमै पुग्ने व्यालेष्टिक मिसाइल बनाएको र तिनमा राख्न मिल्ने आकारको आणविक बम विकास गरिसकेको दावी गरेको छ ।

उत्तर कोरिया–विज्ञ अकिंत पाण्ड्याले पछिल्लो घोषणा ताजा अमेरिका–उत्तर कोरिया सैन्य अभ्यासपछि आएको बताइन् । अकिंतले किमले यस परिक्षणलाई उक्त सैन्य अभ्यासको जवाफी कारबाहीको रुपमा देखाउन खोजेको बताइन् । बीबीसी

https://www.bbc.com/news/world-asia-47971164

 

५ बर्ष अगाडि

प्रतिक्रिया