लौ हेर्नुस् कपाल रङ्याउँदाको बेहाल

५ बर्ष अगाडि

फ्रान्स – आफूलाई भिन्न र आकर्षित बनाउन कपालमा कलर गर्ने प्रचलन त व्याप्त नै छ । तर, यसको नकारात्मक पक्षप्रति पनि सजग हुन उत्तिकै जरुरी छ । कपालमा रङ लगाउदा भोग्नु परेको पीडा र चोपट हालतको प्रत्यक्ष उदाहरण हुन् एक फ्रान्सेली महिला ।

कपालमा रङ लगाउँदा एलर्जी भएपछि १९ बर्षीय युवती इस्टलको अनुहार सुन्निएर कुरुप भएको छ । इस्टलका अनुसार कपालमा पीपीडी(प्यारापिनाइलिन डायामाइन) लगाएपछि उनको अनुहार फुलेको हो । 

इस्टलले यस उत्पादनको प्रयोग थोरै मात्रामा गरेकी थिइन । तरपनि, तत्कालै यसले नकारात्मक असर देखाएको थियो । उनको टाउको २२ इन्चबाट सुन्निएर २४.८ इन्च भएको थियो । उनको अनुहार पनि उत्तिकै सुन्निएको थियो । पीपीडीको प्रयोग पछि इस्टललाई श्वास फेर्न समेत समस्या परेको थियो, जसका कारण उनलाई तत्काल अस्पतालको इमरजेन्सी वार्डमा भर्ना गरिएको थियो । अस्पतालमा एडेनालाइन दिएपछिमात्र उनलाई राहत महसुस भएको थियो । एडे«नालाइनले रक्तप्रवाह सहज बनाउने कुरा समाचारमा उल्लेख छ  । 

५ बर्ष अगाडि

प्रतिक्रिया