सभामुख र ऊर्जा मन्त्री सेयर बजारमा प्रवेश,एकै दिनमा डेढ लाख को शेयर खरीद

४ बर्ष अगाडि

काठमाडौं – सभामुख कृष्णबहादुर महराले महराले रसुवागढी जलविद्युत् कम्पनीको १  लाख बराबरको १  हजार कित्ता र साञ्जेन जलविद्युत् कम्पनीको ५० हजार बराबरको ५०० कित्ता साधारण सेयर खरीद गरी सेयर बजारमा प्रवेश गरेका छन् ।

यस्तै सभामुख महराका धर्मपत्नी सीता महराले पनि रसुवागढीमा १  लाख बराबरको १ हजार कित्ता र साञ्जेनको ५०  हजार बराबरको ५०० कित्ता बराबरको सेयरमा आवेदन दिएकी छिन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले पनि रसुवागढीमा १  लाख बराबरको १  हजार कित्ता र साञ्जेनमा ५०  हजार बराबरको ५०० सय कित्ता साधारण सेयरमा आवेदन दिएका छन् ।  

पुर्व सभामुख ओनसरी घर्तीले पनि रसुवागढीमा १ एक लाख बराबरको १ हजार कित्ता र साञ्जेनमा  ५० हजारको ५००  कित्ता साधरण सेयरमा   आवेदन दिएकी छिन् ।

सरकारले सुरु गरेको जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत शुक्रबारदेखि चरणमा रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी १  अर्ब ५४ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्री सुरु गरेको छ ।

सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । सो कार्यक्रम अन्तर्गत विभिन्न १९ आयोजनाबाट ३  हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया