गुराँस लघुवित्तको २ लाख ५० हजार कित्ता प्राथमिक शेयर आउँदै

४ बर्ष अगाडि

काठमाडौं – न्यूनतम १० कित्ता समेत आवेदन दिन पाइने व्यवस्था सहित  गुराँस लघुवित्त वित्तीय संस्थाले साधारण सेयर बिक्री गर्ने भएको छ ।

सो संस्थाले आज एक सू्रचना प्रकाशित गरी यही वैशाख १६ गतेदेखि साधारण सेयर बिक्री हुने जनाएको हो । संस्थाले  २ लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको आज प्रकाशित सूचनामा उल्लेख छ ।

संस्थाको शेयरमा न्यूनतम १० र अधिकतम ५०० कित्तासम्मका लागि आदन दिन सकिने व्यवस्था गरिएको छ । सूचना अनुसार साधारण सेयरको आवेदन यही वैशाख २० गते बन्द हुनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटल रहेको छ । संस्थाको शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ पुग्ने जनाइएको छ ।  

नेपाल राष्ट्र बैंकबाट ’घ’ वर्गको अनुमति प्राप्त संस्थाको १० वटा जिल्लामा कार्यक्षेत्र रहेको छ । २०७३ सालदेखि संचालन अनुमति प्राप्त संस्थाको प्रधान कार्यालय धनकुटामा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया