नेपाल एग्रो लघुवित्तको साधारण सेयर खूूल्यो, लगानीकर्तालाई यस्तो छ सुझाव

४ बर्ष अगाडि

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयरको बिक्री आइतबारदेखि सुरु भएको छ ।

संस्थाले १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । कूल जारी पुँजीको ३२.५ प्रतिशत साधारण सेयर बिक्री गर्न लागिएको हो ।

साधारण सेयर  निष्कासन बन्द छिटोमा बैंशाख ११ गते र ढिलोमा जेठ ६ गते हुने जनाइएको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकका नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  

लगानीकर्ताले सो संस्थाको साधारण सेयरमा न्युनतम १० देखि अधिकतम ८०० कित्तासम्म आवेदन दिन पाउने छन्  । 

४ बर्ष अगाडि

प्रतिक्रिया