गुराँस लघुवित्तको आइपिओ बैशाख १६ देखि खुल्ने

५ बर्ष अगाडि

काठमाडौँ – गुराँस लघुवित्त वित्तिय संस्थाको बैंशाख १६ गते देखि आइपिओ बिक्रि खुला हुने भएको छ । 

प्रतिकित्ता सय रुपैयाँका दरले २ लाख ५० हजार कित्ता आइपिओ कम्पनीले जारी गर्न लागेको हो । यसमध्य कर्मचारी र सामुहिक लगानी कोषलाई क्रमश: ३ हजार ८ सय ७५ कित्ता र १२ हजार ५ सय कित्ता छुट्याइएको छ । 

बाँकी २ लाख ३३ हजार ६ सय ६५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो । यसको बिक्रि प्रबन्धक एनआइबिएल एस क्यासिपटल हो । न्युनतम १० कित्ता देखि अधिकत्तम ५०० कित्तासम्मका लागि आवेदन दिन सकिने यस आइपिओ बैशाख २० गतेसम्म भर्न सकिनेछ ।

नेपाल राष्ट्र बैंकबाट ’घ’ वर्गको अनुमति प्राप्त संस्थाको १० वटा जिल्लामा कार्यक्षेत्र रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया