श्रीलङ्का आक्रमण अपडेट: एक सय बढीको मृत्यु, चार सय घाइते

५ बर्ष अगाडि

श्रीलंका – श्रीलंकाको राजधानी कोलम्बोमा एक सय भन्दा बढीको मृत्यु भएको छ भने, चार सय भन्दा बढी घाइते भएका छन् । ३ गिरिजाघर र ३ वटै पाँचतारे होटलमा भएको आक्रमणमा परेर उनीहरूको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोलम्बो नेसनल अस्पतालका निर्देशकले भने– ‘आइतवार बिहानै भएको आक्रमणमा एक सय बढीको भन्दा बढीको मृत्यु भइसकेको छ भने घाइतेहरुलाई अस्पताल पुर्याइएको छ।’ स्थानिय समय अनुसार बिहान ८ बजेर ४५ मिनेटमा आक्रमण भएको थियो ।

इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा यी विस्फोटनहरू भएका हुन्। प्रत्येक वर्ष अप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्वमा मनाइन्छ। विस्फोटनपछि संवेदनशील स्थानहरूमा सुरक्षाव्यवस्था बढाइएको छ ।

श्रीलङ्काको अन्य बिभिन्न क्षेत्रमा पनि आक्रमण भएको प्रहरी प्रवक्ता रुवान गुनसेकेराले बताएका छन् । आक्रमण कसले र किन गराएको भन्ने कुरा पुष्टि भएको छैन ।

५ बर्ष अगाडि

प्रतिक्रिया