कोलम्बोमा आतंककारी हमला, मृत्यु हुनेको संख्या १३८ पुग्यो (अपडेट)

५ बर्ष अगाडि

श्रीलंका — श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ गिरिजाघर र ३ ठूला पर्यटकीय होटलमा भएको श्रृंखलावद्ध बम बिस्फोटमा परी हालसम्म १३८ जनाको मृत्यु हुनुका साथै ४०० जनाभन्दा बढी घाइते भएको सुरक्षा निकाय तथा अस्पतालले जानकारी दिएको छ । श्रीलंकामा १० वर्ष अघि सकिएको गृहयुद्ध पछि भएको यो सबैभन्दा ठूलो विस्फोट हो ।

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा राजधानी कोलम्बोस्थित कोचीकाडे, नेगम्बो र बाट्टीकालोवामा रहेका तीनवटा चर्च तथा सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा बम विस्फोट भएको हो।

कोलम्बोको कोचीकाडे गिरिजाघरमा भएको विस्फोटमा मात्रै ५० जनाको मृत्यु भएको बताइएको छ।

यस्तै बाट्टीकालोवास्थित चर्चमा भएको विस्फोटमा मर्नेको संख्या २५ रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया