धर्म प्रचारमा संलग्न दुई जापानी निकालिए

४ बर्ष अगाडि

काठमाडौं – गृह मन्त्रालयले दुई जापानी नागरिकलाई  निकालेको छ। गृहले इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्धसमेत लगाएको छ। उनीहरू विद्यार्थी भिसामा नेपाल बस्दै आएका थिए।

कास्कीको पोखरा फूलबारीस्थित शिवशक्ति क्याम्पसमा शिक्षाशास्त्र संकाय अध्ययन गर्न उनीहरूले भिसा लिएका थिए। विद्यार्थी भिसा लिएर धर्मप्रचार गरेकाले निकालिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया