कर नतिर्ने १३१ व्यवसायीमाथि ताकेता

४ बर्ष अगाडि

काठमाडौं – आन्तरिक राजस्व कार्यालय बाँकेले १३१ व्यवसायीलई कर बक्यौता रकम दाखिला गर्न ताकेता गरेको छ । आइतबार एक सूचना प्रकाशित गरेर आन्तरिक राजस्व कार्यालय बाँकेले आयकर र मूल्य अभिवृद्धि करमा दर्ता भएका बाँके र बर्दियाका १३१ व्यापारी तथा व्यवसायीलाई १५ दिनभित्र बक्यौत कर तिर्न भनेको छ ।

१५ दिन भित्र नतिरे उनीहरूलाई कारबाही गरिने आन्तरिक राजस्व कार्यालय बाँकेले जनाएको छ । उनीहरूलाई कार्यालयले पटकपटक पत्राचार तथा फोन गर्दासमेत बक्यौता रकम दाखिला गर्न नआएको र कतिपय करदाता सम्पर्कमा समेत नआएकाले उनीहरूको नाम प्रकाशित गरेर कार्यालयले सूचना जारी गरेको छ ।

आगामी १५ दिनभित्र कर तिर्न नआए ती व्यवसायीको आयात निर्यात रोक्का गर्ने, बैंक खाता रोक्का गर्ने, चल र अचल सम्पत्ति रोक्का तथा लिलाम बिक्री गरी कानुनी कारबाही गरिने जनाइएको छ । सरकारले पछिल्लो दिनमा कर नतिर्नेलाई सार्वजनिक सूचना जारी गर्दै ताकेता गर्न थालेको छ । राजधानी दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया