गणपति माइक्रोफाइनान्सको शेयर आवेदन खुल्यो

४ बर्ष अगाडि

काठमाडौं – गणपति माइक्रोफाइनान्सको आईपीओ आज सोमबारदेखि खुलेको छ  । 

फाइनान्सको ३ लाख ३५ हजार कित्तामध्ये कर्मचारी र म्युचुअल फण्डको आरक्षण कटाएर बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ता शेयरका लागि सोमबार बैंकिङ समयदेखि आवेदन खुला भएको होे । उक्त कम्पनीको आईपीओ बिहीबार बन्द हुनेछ ।

न्यूनतम १० देखि १५०० कित्तासम्म आवेदन गर्न सकिने उक्त शेयर ३१ हजार ३०७ जनालाई १०/१० कित्ताका दरले वितरण हुनेछ । 

यदि आवेदकको संख्या ३१ हजारभन्दा कम भए आवेदकलाई २० कित्ता शेयर पर्ने सम्भावना रहन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया