नेकपाको एकता घोषणा कार्यक्रम मध्यान्ह १२ बजे

५ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज सोमबार एकता घोषणा कार्यक्रम हुँदैछ। 

काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रम मध्यान्ह १२ बजेका लागि तय गरिएको छ।

एकतामा बरिष्ठताको मापदण्ड बनाउदै आएको नेपाल समुह आफ्नो अडानबाट ब्याक भएपछी  नेकपाले जिल्ला तहको पार्टी एकता हिजो आइतबार बालुवाटारमा बसेको बैठकबाट टुंग्याएको हो ।

आइतबार दिनभरको प्रयासपछि साँझ बसेको सचिवालय बैठकले ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको प्रस्ताव तयार पारी टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन् । एमालेले अध्यक्ष पाएको जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेका नेता सचिव हुने सहमति भएको छ ।

जिल्लाका अध्यक्ष र सचिव नै दुवै पार्टीका जिल्ला अध्यक्ष (प्रमुख) रहने गरी नयाँ मापदण्ड बनाई एकता टुंग्याइएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया