ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नाफा कति ? यस्तो छ विवरण

४ बर्ष अगाडि

काठमाडौं – ग्लोबल आईएमई समूहको लगानी रहेको ग्लोबल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण आज सार्वजनिक गरेको छ ।

वित्तीय संस्थाले चालु आवको तेस्रो त्रैमासमा आईपुग्दा गत आवको भन्दा २५५.७३ प्रतिशतले बढाएर ४ करोड ८ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको विवरणमा उल्लेख छ ।

चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा ग्लोबलले खुद ब्याज आम्दानी ९ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ ।

 जुन गत आवको सोहि अवधिको तुलनामा १३९.१६ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा ३ करोड ९७ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै ग्लोबलको सञ्चालन मुनाफा पनि गत आवको तेस्रो त्रैमासको तुलनामा २३६.१४ प्रतिशतले बढेर ६ करोड २ लाख २४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा १ करोड ८० लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

कूल  ११ करोड ४ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको वित्तीय संस्थाको जगेडा कोषमा ५ करोड ५९ लाख ८० हजार रुपैयाँ रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया