निगमलाई एक करोड ६५ लाख भाडा तिरेर राष्ट्रपति भण्डारी चीन जादै

५ बर्ष अगाडि

काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमा राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने तय भएको छ । 

यही ११ वैशाखदेखि सुरु हुने राष्ट्रपतिको भ्रमणका लागि जहाज पठाउने विषयमा आवश्यक तयारी गरिरहेको निगमले जानकारी दियो  । परराष्ट्र मन्त्रालयको समन्वयमा जहाज पठाउन लागेको निगमले जनाएको छ । भिभिआइपी उडानमा वरिष्ठ क्याप्टेनसहितको पाइलटको टोली र क्याबिन क्रुको टोली पठाउने तयारी निगमले गरेको छ ।

निगमका अनुसार राष्ट्रपतिको भ्रमणको पहिलो दिन काठमाडौँबाट सियानसम्मको उडान हुने छ । त्यसैगरी, सियानबाट राष्ट्रपतिलाई बेइजिङमा छोडेपछि जहाज काठमाडौ फर्कने तालिका रहेको निगमले जनाएको छ । त्यस्तै, उनलाई लिन फेरि जहाज जानेछ । तिन दिने चार्टर्ड उडानको लागत १ लाख ५० हजार अमेरिकी डलर अर्थात करिव १ करोड ६५ लाख रुपैयाँ हुनेछ । 

राष्ट्रपति भण्डारी निगमको एयरबस ३२० जहाजमा चीन जाने निश्चित भएको हो । न्यारोबडी जहाज एक सय ५८ सिटे जहाज हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया