कस्तो अचम्म: टाउको दुखेको औषधी खाएर सुतिन्,तर उठ्दा आमा बनिन्

५ बर्ष अगाडि

ब्रिटेन – सुतेर उठ्दा तपाईं आमा बनिसक्नुभएको छ भन्ने थाहा पाएपछि कस्तो लाग्ला ? ब्रिटेनकी एबोनी स्टिवेन्सनलाई यस्तै भएको छ । एबोनी १८ वर्षकी हुन् । ब्रिटेनको ओल्डह्याम भन्ने स्थानमा बस्छिन् । २०१८ डिसेम्बर २ तारिखमा उनलाई टाउको दुख्यो । उनलाई अस्पताल भर्ना गरियो । त्यसपछि एबोनी कोमामा गइन् ।

स्वास्थ्योपचारका बेला थाहा भयो कि उनलाई प्रिक्लेम्प्सिया नामको रोग लागेको थियो । त्यसकारण उनलाई अचानक टाउको दुखेको थियो । पिक्लेम्प्सिया एक प्रकारको स्वास्थ्य अवस्था हो जुन गर्भवती महिलामा देखिन्छ । यसमा उच्च रक्तचाप हुन्छ, हात–खुट्टा सुन्निन्छ, पिसाबमा प्रोटिन बढ्नेजस्ता लक्षण देखिन्छ ।

तर के एबोनीलाई यसबारे केही थाहा थियो ?

कसरी थाहा हुन्थ्यो । उनको बच्चा उनको दोस्रो पाठेघरमा हुर्किरहेको थियो । उपचारका क्रममा एबोनीको दुईवटा पाठेघर भएको पत्ता लाग्यो । मेडिकल साइन्समा यो अवस्थालाई युटेरस डिडेलफिस भनिन्छ । एबोनीको बायाँ तर्फको पाठेघरमा बच्चा हुर्किरहेको थियो । त्यो बायाँतर्फ नै झुकेको थियो त्यसकारण पेट पनि खासै बढेको थिएन ।

उनको पेटमा बच्चाको विकास राम्रोसँग भइसकेको थियो । एबोनी अस्पतालमा भर्ना भएलगत्तै उनको शल्यक्रिया गरियो । एबोनीले छोरीलाई जन्म दिइन् तर यो कुरा उनले तीन दिनपछि मात्र कोमाबाट फर्किएपछि होसमा आएपछि थाहा पाइन् ।

एबोनी कलेजमा स्पोर्टस् फिजियोथेरापीको अध्ययन गरिरहेकी थिइन् । कोमाबाट फर्किएपछि एबोनीलाई टाउको दुखेर औषधी खाएर सुत्न गएको मात्रै थाहा भएको बताउँछिन् । एबोनीले आफ्नी छोरीको नाम एलोडी राखेकी छिन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया