कति कमायो एभरेष्ट बैंकले ? यस्तो छ वित्तीय विवरण

४ बर्ष अगाडि

काठमाडौं – एभरेष्ट बैंकले २ अर्ब नाफा कमाएको छ । बैंकले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकले चालु आवको नौ महिनामा २ अर्ब १ करोड ९१ लाख रुपैंया खुद मुनाफा कमाएको हो ।

ऋणी र अन्तरबैंक सापटी समेत गरी कर्जाको आकार पनि करिब ३ अर्बले बढेको छ ।

बैंकले अघिल्लो त्रैमासमा कायम रहेको ७ अर्ब ५८ करोड रिजर्भको आकारलाई ८ अर्ब २३ करोड रुपैंया पुगेको छ । बैंकले कमाएको नाफाका आधारमा बैंकको प्रतिशेयर आम्दानी ३६.८१ रुपैंया हुन आउँछ । अघिल्लो त्रैमासको नाफाका आधारमा यो दर ३५.६३ रुपैंया थियो ।

बैंकको पुँजी पर्याप्तता अनुपात पुस मसान्तको तुलनामा बढेको छ । १२.५७ प्रतिशतबाट १३.३८ प्रतिशत पुगेको यो अनुपातले बैंकको व्यवसाय विस्तारको सम्भावना बढेको देखाउँछ ।

उल्लेखित निक्षेप, कर्जा र पुँजीका आधारमा बैंकको सीसीडी अनुपात ७६.६९ प्रतिशत छ । अघिल्लो त्रैमासमा ८.२२ प्रतिशत रहेको आधार ब्याजदर ८.०१ मा झारेको बैंकले कस्ट अफ फण्डलाई ६.०७ मा झारेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ०.१८ प्रतिशत, स्प्रेडदर ४.६९ प्रतिशत छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया