युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार जेलेन्स्की विजयी

४ बर्ष अगाडि

किभ– युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी भएका छन् । उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका हुन् । 

राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय हास्य कलाकार जेलेन्स्कीले ७३.२ प्रतिशत मत प्राप्त गरेका थिए। निर्वाचन आयोगका अनुसार पोरोशेन्कोले २४.४ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । यद्यपी करिब १५ प्रतिशत मतगणना हुन बाँकी छ ।

चुनावमा राष्ट्रपति पेट्रो पोरोशेन्को र हास्य कलाकार भोलोडिमर जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने पछिल्ला जनमत सर्वेक्षणमा देखिएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया