श्रीलंकामा बम विष्फोट हुँदा आइएसमा खुशीयाली

४ बर्ष अगाडि

काठमाडौँ – श्रीलंकामा आइतबार भएको श्रृंखलाबद्ध बम विष्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगिसकेको छ । यो घटनापछि विश्वभर शोक छाइरहेको छ । तर, उग्रपन्थी इस्लामिक संगठन आइएसले भने खुशीयाली मनाइरहेको छ । 

आइएसका गतिविधि अनलाइन निग्रानी गरिरहेको ‘द साइट इन्टेलिजेन्स’का अनुसार न्युजिल्याण्ड आक्रमणको बदला लिएको भन्दै आइएसले खुशीयाली मनाएको हो । 

आइएस कार्यकर्ताले सामाजिक सञ्जालले श्रीलंका आक्रमणलाई उत्सवका रुपमा मनाउन आग्रह गरेको पोष्ट ‘द साइट’ले ट्रयाक गरेको छ । 

केही समयअघि न्युजिल्याण्डको दुई मस्जिदमा श्वेत वर्चश्ववादीले आक्रमण गर्दा ५० जनाको मृत्यु भएको थियो । 
श्रीलंका घटनामा कसको संग्लनता छ भन्ने अहिलेसम्म पुष्टि हुन सकेको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया