धोनीलाई प्रधानमन्त्री बनाउन माग !

४ बर्ष अगाडि

काठमाडौँ – शनिबार आइपिएलको खेलमा भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीको टिम चेन्नाई वर्तमान कप्तान विराट कोहलीको टिम बेंग्लोरसँग एक रनले पराजित भयो । तर, धोनीको प्रदर्शनले सबैलाई चकित पार्यो । 

घरेलु मैदानमा बेंग्लोरले १६२ रनको चुनौति दिएको थियो । मध्यम लक्ष्य पछ्याएको चेन्नाई सुरु देखि नै लगातार विकेट गुमाएपछि दबावमा पर्यो । 

हारको नजिक पुगेको आफ्नो टोलीलाई जिताउन धोनीले चुनौति मोले । अन्तिम ओभरमा चेन्नाईलाई जितका लागि २६ रन आवश्यक थियो । स्ट्राइकमा थिए धोनी । उनले उमेश यादवको पहिलो बलमा चौका अनि दोस्रो र तेस्रो बलमा लगातार छक्का प्रहार गर्दै टीमलाई जितको नजिक पुर्याए । चौथो बलमा दुई रन लिएपछि पाँचौमा उनले फेरि छक्का प्रहार गरे । अन्तिम बलमा दुई रन मात्र चाहिएको अवस्थामा दुर्भाग्यवश अर्को इन्डका ब्याट्सम्यान सार्दुल ठाकुर आउट हुन पुगे । बेंग्लोरसँग चेन्नाई एक रनले पराजित भयो । तर धोनीको प्रदर्शनले सबैको मन जित्यो । नयाँपत्रिका ।

धोनीले ४८ बलमा अविजित ८४ रन बनाउने क्रममा ७ छक्का र ५ चौका  प्रहार गरे । यो प्रदर्शनपछि सामाजिक सञ्जालमा उनको प्रशंसा चुलियो । जसमध्ये केहीले उनलाई प्रधानमन्त्री बनाउन माग गरेका छन् । 

 

Vishwas Dwivedi@Vish_A_

Forget Modi and Rahul Gandhi, let's make @msdhoni PM!

36

Twitter Ads info and privacy

See Vishwas Dwivedi's other Tweets

Jhumma mitra@jhummamitra

@msdhoni how do u manage to b so calm in such nail baiting situations? Plz be our prime minister plzzzzz we need leaders like u.Calm yet fierce.

2

Twitter Ads info and privacy

See Jhumma mitra's other Tweets

Kartik Singhvi@KartikSinghvi17

Abki Bar Dhoni Sarkar... Sounds Good... Sooner or later 😝
But
{ }
Layega toh Dhoni hi 👍

Prannoy Roy@PrannoyRoyNDTV

Dhoni for PM. Or have I said that before a dozen times 🙈

1

Twitter Ads info and privacy

See Kartik Singhvi's other Tweets

४ बर्ष अगाडि

प्रतिक्रिया