मेलम्ची अलपत्र पार्ने सिएमसी कर तिर्न नेपाल आउला ? यस्तो छ करदाता कार्यालयको पत्र

५ बर्ष अगाडि

काठमाडौं – मेलम्ची खानेपानी आयोजना अलपत्र पारेर छाडेर हिडेको इटालीको ठेकेदार कम्पनी सिएमसीलाई १५ दिन भित्र कर तिर्न आउन ठूला करदाता कार्यालयले आग्रह गरेको छ ।

ठूला करदाता कार्यालयले आज एक सूचना प्रकाशित गरी तोकिएको समयभित्र कर तिर्न आउन पुनः ताकेता गरेको हो । विगतमा पनि सोही ठेकेदार कम्पनीलाई तत्काल कर तिर्न आउन ताकेता गरेको थियो ।

सो अवधिमा कर तिर्न नआए  करदाता कार्यालयले निर्धारण गरेको करका सम्बन्धमा पुनरावेदन गर्न समेत आग्रह गरेको छ ।  आर्थिक वर्ष २०७१/७२ को लागि ठूला करदाता कार्यालयले निर्धारण गरेको कर तथा आयकर ऐन, २०५८ को दफा ९० को ८ बमोजिम करका लागि ताकेता गरिएको हो ।  

सिएमसीको स्थायी लेखा नम्बर ६०१०९८९४१ रहेको छ र कार्यालय भने गुरु न्यौपानेको स्वामित्वमा रहेको कञ्चनजंगा हाउजिङ अर्थात् टे«ड टावर थापाथलीमा रहेको छ ।

कर निर्धारण भएको आदेश हुलाकबाट रजिष्ट्री गरी कार्यालयको ठेगानामा पठाइएको छ । उक्त सूचना वा आदेश प्राप्त गरी आदेश बमोजिमको कर यो सूचनामा प्रकाशित गरिएको छ ।

कार्यालयले १५ दिन भित्र एभरेष्ट बैंक लिमिटेड हरिहरभवनमा रहेको कार्यालयको बैंक खाताका कर रकम जम्मा गर्न समेतथ सूचनामा आग्रह गरिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनलाई सिएमसीले अलपत्र पारेर हिडेको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोले निर्माण गर्न लागेको तनहुँ सेती समेत अलपत्र पारेको छ । नेपालका आयोजना अलपत्र पार्ने र कर तिर्न समेत अटेर गर्नेलाई करको दायरामा ल्याउन ठूला करदाता कार्यालय लागिपरेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया