राजेन्द्र खेतानको लक्ष्मी बैंकले समेत ऋणपत्र जारी गर्ने, होला त फाइदा

५ बर्ष अगाडि

काठमाडौं । राजेन्द्र खेतानको बैंकको रुमपा परिचित लक्ष्मी बैंकले पनि ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० बर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको जनाएको छ ।

बैंकले यो ऋणपत्रमा १० प्रतिशत ब्याज दिने छ । ऋणपत्र निष्काशनका लागि बैंकले बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन ।

बैंकले कुल २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने छ । बैंकले यसअघि ४० करोडको ऋणपत्र जारी गरेको थियो । यो ऋणपत्र आगामी माघमा परिपक्व हुँदैछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया