यूएई: गत सालको तुलनामा मृत्युदर बढ्यो

५ बर्ष अगाडि

युएई – सयुक्त् अरब इमिरेट्स (यूएई) मा गत वर्ष २०७५ मा १ सय ३ जना नेपालीको ज्यान गएको छ ।  

मृत्यु हुनेमा ८ महिला र ९५ जना पुरुष रहेको नेपाली दूतावास आबुधावीले जनाएको छ । दुतावासको तथ्याङ्क अनुसार २ महिला ५० पुरूष गरी ५२ जनाको प्राकृतिक मृत्यु भएको छ।जस मध्य प्राकृतिक कारण मृत्यु भएको संख्या सबै भन्दा बढी रहेको छ। प्राकृतिक कारणमा मदिरापान, हृदयघात, मष्तिस्क पक्षपात भइ मृत्यु हुने गरेको छ ।

अन्य ३१ जनाले आत्महत्या गरेका छन्।जसमा २ महिला २९ पुरूष छन्।  युएईमा आत्महत्या गर्नेको संख्या बढ्दो छ । त्यस्तै दुर्घटनामा परी ३ जना महिला र १५ जना पुरुष गरि १८ जना नेपालीको मृत्यु भएको छ । 

यसै गरि युएईमा गत बर्ष एक जना पुरुष र एक जना महिलाको हत्या भएको दुतावासको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपाली दुतावासले २०७५ मा मृत्यु भएका सबै नेपालीहरुको शव नेपाल पठाइसकिएको जनाएको छ। (बिनोद श्रेष्ठ)

५ बर्ष अगाडि

प्रतिक्रिया