एनआइसी एशिया बैंक शेयर दलालको काम गर्दै, छुट्टै कम्पनी दर्ता

४ बर्ष अगाडि

काठमाडौं – मारवाडीको बैंकको रुपमा परिचित र पछिल्लो समय हुने नहुने सबै गर्दै पैसा थुपार्न लागेको एनआइसी एशिया बैंकले सेयर दलालीको काम गर्न छुट्टै कम्पनी दर्ता गरेको पाइएको छ ।  

हाल सञ्चालनमा रहेका कूल २८ वाणिज्य बैंकमध्ये एनआइसी नै ब्रोकरको काम गर्न कम्पनी रजिस्ट्रारमा दर्ता भएको पहिलो बैंकको रुपमा देखिएको छ ।

हालसम्म १४ वटा वाणिज्य बैंकले सहायक कम्पनी खोल्ने प्रस्ताव साधारणसभाबाट पारित गरी नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृती लिएका छन् ।

बैकले ब्रोकर लाइसेन्स प्राप्त गर्न छुट्टै सहायक कम्पनी खोल्नु पर्ने व्यवस्था छ ।

सहायक कम्पनी खोल्न बैकले साधारणसभामा प्रस्ताव पारित गर्नुपर्छ। यो प्रस्ताव पारित गरेपछि नेपाल राष्ट्र बैकलाई जानकारी दिनु पर्नेछ ।

उक्त निवेदनको जाँचबुझ गरी नेपाल स्टक एक्सचेञ्जले स्वीकति दिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया