शुभसाइतका लागि जहाजको इन्जिनमा यात्रुले सिक्का फालेपछि...

५ बर्ष अगाडि

काठमाडौँ – नेपालमा मात्र होइन, संसारका अधिंकाश स्थानमा शुभ साइतका लागि पैसा चढाउने चलन हुन्छ । अझ मानिसको मनमा डर छ भने त उसले भगवानका नाममा पैसा चढाउने नै भयो ।

जहाजमा उड्न डराउने एक मंगोलियन महिलाले चीन अधिनस्थ मंगोलियाको होहोत बाइता विमानस्थलमा जहाजको इन्जिनमा सिक्का फालिन् । तर, उनको यो कर्मले उनलाई शुभसाइत हुनको सट्टा थुनामा पु¥यायो । 

तियान्जिन एयरको उक्त जहाजको इन्जिनमा ती महिला यात्रुले सिक्का फालेपछि जहाज ग्राउन्डेड भयो । सिक्का निकाल्न उनीहरुलाई घण्टौं लाग्यो । 

ती महिलालाई भने प्रहरीले पक्राउ गरी थुनामा लग्यो । अदालतले उनलाई १० दिन थुनामा राख्न अनुमति दिएको छ । उनलाई थप सजाय हुनसक्ने समाचारमा उल्लेख छ । एजेन्सी 

५ बर्ष अगाडि

प्रतिक्रिया