प्रधानमन्त्री ओलीले भने: पासाङ ल्याहमु शेर्पा साहस र प्रेरणाकी स्रोत हुन्

५ बर्ष अगाडि

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकी प्रथम सगरमाथा आरोही महिला पासाङ ल्याहमु शेर्पा साहस र प्रेरणाकी स्रोत भएको बताउनुभएको छ ।

पासाङ ल्याहमुले सगरमाथा आरोहण गरेको २६ बर्ष पुगेको अवसरमा आज आयोजित पासाङ प्रतिष्ठा दिवसरमा अवसरमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले पासाङको आत्मविस्वास र साहसले सगरमाथाको आरोहण सफल भएको बताउनुभयो । “पासाङ सम्पूर्ण नेपालीकी साहस र प्रेरणाकी स्रोत हुन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले पासाङ ल्याहमुको स्मृतिलाई दीर्घकालिन बनाउनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ । 

प्रधानमन्त्री ओलीले सगरमाथाको उचाइ नेपाल र चीन दुवैतिरबाट नापेर टुंगो लगाउने काम सुरु भएको बताउनुभएको छ । “सगरमाथाको बारेमा भएका भएका भ्रमहरु अनत्य गर्न यसपाली सरकारको तर्फबाट उचाइ नाप्ने काम हुदैछ । यो कामलाई विवाद रहित ढंगले टुंगिन्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

५ बर्ष अगाडि

प्रतिक्रिया