राष्ट्रपति आजदेखि राजकीय भ्रमणमा

५ बर्ष अगाडि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको आजदेखि सुरु हुने चीनको राजकीय भ्रमणका क्रममा नेपालले रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा चिनियाँ अनुदान ल्याउने प्रयास गर्ने भएको छ  । नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्बन्धी परियोजनाका ९ वटा सूची तयार पारेको छ  ।

जसमा ल्हासादेखि काठमाडौंसम्मका अन्तरदेशीय विद्युत् प्रसारण लाइन बनाउने र नौबिसेदेखि काठमाडौंसम्म सुरुङ खन्ने प्रस्तावलगायत छन् । नेपालका तर्फबाट सुरुमा ३५ परियोजना पेस भएकामा प्राथमिकताका आधारमा १० भन्दा कममा झार्न चीनले सुझाव दिएपछि नेपालले ९ वटा सूची तयार गरेको हो । तीमध्ये मदन भण्डारी पोलिटेक्निक इन्स्टिच्युटलाई सघाउनेबाहेक अरू प्रस्तावलाई अघि बढाउने संकेत बेइजिङले दिएको छैन । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया