नौमती बाजामा विवाहको रौनक(भिडियो सहित)

५ बर्ष अगाडि

वैशाख – गायक रमेश बाबू थापा र गायिका मनिषा पुन मगररको स्वरमा “नौमति ताल राम्रो” बोलको गीत सार्वजनिक भएको छ । गायक थापाकै शब्द संगीतमा रहेको उक्त गीतलाई डोलराज बाह्रघरे ले एरेन्ज गरेका हुन् ।

स्याङ्जाली ठिटो र बाग्लुङकि ठिटी बिचको माया प्रेमलाई नौमती बाजा सहित गीतमा प्रस्तुत गरेका छन् । गीतको भिडियोमा शिशिर पौडेल र अनिता सारु मगरको रहेको छ भने भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् । सर्जन थापाको निर्देशन र नवीन घर्ती मगर सम्पादन रहेको छ ।

स्याङ्जाका प्रेमिले बाग्लुङकि प्रेमिकालाई पोखरा भेट्न बोलाउछन् भने यता प्रेमिकाले फेरि कि बाग्लुङ बसौं कि स्याङ्जा बसौं भनेर अनुरोध गर्छन गीत मार्फत । एकदमै रमणीय गाउँको दृश्य भिडियोमा देख्न सकिन्छ भने। नौमति बाजामा आधारित गीत भएकोले विवाहको दृश्यलाई पनि खिचेका छन् । दुलहाको भुमिकामा शिशिर पौडेललाई फिचर्ड गरेका छन् भने दुलही बनेका छन् अनिता सारु मगर । भिडियो हेरौ:
 

५ बर्ष अगाडि

प्रतिक्रिया