धादिङ केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्पको धक्का

५ बर्ष अगाडि


काठमाडौं– धादिङ केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिसे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो । 

केन्द्रका अनुसार बिहान पनि नौबिसे आसपास नै केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो । 

बिहान ६ बजेर २९ मिनेट जाँदा ५ दशमलव २ रिक्टरस्केलको भूकम्पको धक्का गएकोमा त्यसको ११ मिनेटपछि पुन ४.२ रिक्टरस्केलको भूकम्पको धक्का गएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया