नक्कली श्रम स्टिकर प्रकरण : लुकाउन नसकेपछि छानबिन

५ बर्ष अगाडि

काठमाडौँ — नक्कली श्रम स्टिकर टाँसेर दुबई उड्न लागेका चार यात्रु उच्च सुरक्षा घेराको विमानस्थलभित्रबाट बाहिरिएको विषयमा अध्यागमन विभागले ढिलो गरी अनुसन्धान थालेको छ । लामो समयसम्म गुपचुप राख्न खोजिएको यो घटना चारै जनाले राहदानी फिर्ता लिन प्रक्रिया थालेपछि मात्रै अध्यागमनले अनुसन्धान थालेको हो । 

स्रोतका अनुसार ओमबहादुर अधिकारी, सरिता विक, जानुकादेवी दाहाल र कृष्ण चौधरी फागुन ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । अध्यागमन अधिकारीले ती चारमध्ये तीनको राहदानीमा टाँसिएको श्रम स्टिकर नक्कली रहेको र एकको राहदानीमा टाँसिएको स्टिकर अरूकै नाममा जारी गरिएको पत्ता लगाएका थिए । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया