एनआइसी एसिया बैंकको हल्लै बढी, आन्तरिक राजश्व विभागले यसकारण गर्दैछ कारवाही

५ बर्ष अगाडि

काठमाडौँ – निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक भनेर आफूलाई प्रचार गर्न व्यस्त तर सेवा तथा सुविधमा भने सबैभन्दा झुर बैंकको रुपमा स्थापित छ एनआइसि एशिया बैंक । नेपाली जनतालाई मूर्ख बनाउन सफल भएको सो बैंकले दिने सबै प्रकारको सेवा सरकारी बैंकको भन्दा कमजोर र काम नलाग्ने रहेको छ । आफूलाई निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक समेत भनेर चिनाउने सो बैंकले राज्यलाई नराम्ररी ठगेको पाइएपछि आन्तरिक राजश्व विभागले पाता कस्ने तयारी गरेको छ ।

बैंकले ठुलै रकम कागजी मिलेमत्तोमा राज्य कोषमा जान नदिएर राजश्व चुहावट गरेको तथ्य र प्रमाणहरुले पुष्टि गरेको छ । आर्थिक बर्ष ०७३÷७४ मा सो बैंकले ६७ अर्ब ४९ करोड ५५ लाख ८० हजार कर्जा प्रबाह गरेको थियो । जस मध्ये राष्ट्र बैंकको निर्देशन अनुसार सोको पाँच प्रतिशत अर्थात् रु तीन अर्ब ३७ करोड ४७ लाख ७९ हजार रकम अनिवार्य विपन्न बर्गमा लगानी गर्नुपर्नेमा अन्यत्रै लगानी गरी कागज मिलाएर पच पारेको पाइएको छ ।  मिलेमतोको आधारमा राज्य कोषलाई ३७ करोड राजश्व चुहावट गरेको पाइएको छ । सो सम्बन्धमा आन्तरिक राजश्व कार्यालयमा उजुरी समेत परेको पाइएको छ । अनुमानित विगो रु ३७ करोड भएपनि झण्डै रु ७२ करोड बराबरको घोटाला भएको पाइएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले तोकिएको कर्जा सम्बन्धित बर्गमा लगानी नगरे बैंकले लिने उच्चतम ब्याज बराबरको जरिवाना असुल उपर गर्ने कानुनी प्रावधान छ । तर एनआइसि एसिया बैंकले सम्बन्धित बर्गमै लगानी छ भनी राष्ट्र बैकलाई गलत रिपोर्ट पेश गरेको र सो बारेमा राष्ट्र बैंकलाई पटक पटक प्रमाण सहित अवगत गराउँदा समेत कुनै चासो नदेखाएकाले यसमा राष्ट्र बैंकको समेत मिलेमतोको दावीका साथ राजश्व अनुसन्धान विभागमा उजुरी परेको छ ।

राज्य कोषमा जाने करोडौँ रकममा हिना मिनाको आरोप सहित राष्ट्र बैंकका गभर्नर चिरन्जीबी नेपाल विरुद्ध पनि अख्त्तियार दुरुपयोग अनुसन्धान आयागमा समेत उजुरी परेको छ । एनआइसि एसिया बैंकका विरुद्ध राजश्व अनुसन्धान विभागमा उजुरी दर्ता नम्बर १५०मा  परेको छ ।  विभागका महानिर्देशक दिर्घराज मैनालीले त्यस उपर आवश्यक अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् ।  यस्तै आफूलाई सबैभन्दा पारदर्शी र उत्तरदायी बैंक भनेर हैवा पिटिरहेको एनआइसी एसियाले सेवाग्रहीलाई समेत चरम लुटपाट गरिरहेको पाइएको छ । 

 बैंक माथी विश्वास गरेर खाता खोलेका ग्राहक माथि सो बैंकले कसरी पङ्गु बनाउँदो रहेछ भन्ने तथ्य समेत फेला परेको छ ।  बैँकमा खाता रहेका एक जना ग्राहकले खातामा रहेको रकम झिक्नका लागि चेक लियर बैंकमा गए । खातामा रकम पनि थियो । खातावालाको हस्ताक्षर पनि ठिक थियो । मिति लगायत रकम झिक्नेले पुरा गर्नुपर्ने सम्पूर्ण कुराहरु ठिक थिए । तर पनि एनआइसी एसिया बैंक बागबजार शाखाले रकम झिक्न मिल्दैन भन्दै ग्राहकलाई फर्काइ दिएपछि उक्त कुराको खुलासा भएको हो । आफूलाई अप्ठ्यारो परेको बेलामा रकम झिक्न नपाएपछि निरास भएका ग्राहकले के कारणले आफूले रकम झिक्न नपाएको हो भनी प्रश्न गर्दा बैंकको नै गैह्रजिम्मेवारी र बदमासिको खुलासा  मात्रै भएको छैन चामत्कारिक भनेर गरिएको विज्ञापनको समेत सन्दर्भ नै नभएको पाइएको छ ।

 बैंक पनि साथीपनि भन्दै विज्ञापन गरेको देखेर विश्वासका साथ खाता खोलेका ग्राहकले बैंकको ब्यबहारबाट निरास भएर फर्किन बाध्य भएका छन् ।  सो बैंकबाट लगातार दुख पाएपछि त्यसबारेमा सम्बन्धीत शाखामा बुझ्दा ग्राहकमाथी उल्टै बैंकका कर्मचारीले रुखो ब्यबहार गर्दै प्रिन्ट मिस्टेक भएको भन्दै अर्को चेक बनाउन उर्दी जारी गर्ने गरेका छन् । त्यसबाट थप २५० रुपैयाँ प्रतिव्यक्ति असुल्ने गर्दै  आएका छन् ।

। त्यसो गर्दा कम्तीमा ति ग्राहकको तिन दिन समय खेर गयो । आफ्नो खातामा पैसा हुँदा पनि उल्टै बैंकको बदमासीले दुख पाएपछि  बैंकको ज्यादती सहन वाध्य भएका नागरिकले यतिअ‍ेर सत्रुको पनि खाता एनआइसी एसिया बैंकमा नहोस भन्दै हिडेका छन । मारवाडी समुदायको कालो धनलाई सेतो बनाउन खोलिएको सो बैंकका कारण दुःख तथा हैरानी नपाउने व्यक्ति कमै रहेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया