शुक्रबार सुनको भाउ बढ्यो

४ बर्ष अगाडि

काठमाडौँ – साताको छैठौँ दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।  

बिहीबार छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने, आज बढेर सुन प्रतितोला ५९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार  त्यस्तै, बुधबार तेजावी सुन ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर तेजावी सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार  आज चाँदी भने ७३० रुपैयाँमा कारोबार भइरहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया