‘५० वर्षपछि फेसबुकमा जीवितभन्दा बढी मृत मानिसको प्रोफाइल हुनेछ’

४ बर्ष अगाडि

एजेन्सी – फेसबुकमा मृत मानिसको संख्या तीव्र रुपमा बढिरहेको छ । आगामी ५० वर्ष अर्थात् सन् २०७० सम्म फेसबुकमा जीवित मानिसभन्दा बढी मृत मानिसको प्रोफाइल हुने एक प्रतिवेदनले उल्लेख गरेको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार फेसबुकमा अहिले भइरहेको वृद्धिअनुसार ५० वर्षपछि फेसबुकको वर्तमान २।३ अर्ब प्रयोगकर्तामा कम्तिमा १।४ अर्ब प्रयोगकर्ताको मृत्यु भइसकेको हुनेछ ।

यो पहिलो घटना हुने छ जब फेसबुकमा जीवित मानिसभन्दा बढी मृत्यु भइसकेका मानिसको प्रोफाइल हुनेछ ।

अध्ययन प्रतिवेदनका सह–लेखक डेविड वाटसनले भने, ‘भविष्यमा फेसबुकले इतिहासकारलाई यस्ता मानिसको प्रोफाइल हेर्ने छुट दिनुपर्छ ताकि उनीहरुले इतिहासका बारेमा सही बताउन सकून् ।‘

यस्ता प्रोफाइलका पोस्ट इतिहासकारका लागि निकै सहयोगी हुन सक्ने उनले बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया