राष्ट्रपतिलाई महारानी घोषित गरौँ : खगेन्द्र संग्रौला

४ बर्ष अगाडि

काठमाडौँ – संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले 'मेरो सरकार' भनेर सम्बोधन गरेपछी अहिले सो विषयले निकै चर्चा पाएको छ । 

यसै विषयमा आधारीत भएर लेखक तथा साहित्यकार खगेन्द्र संग्रौला तिखो व्यङुग्य गरेका छन् । पछिल्लो समयमा उनि नेकपा सरकारले गरेका कामप्रति चित्त नबुझेपछी तत्काल ट्वीट पनि गरीहाल्छन् । 

यस्तै हिजो संसदमा राष्ट्रपतिबाट सम्वोधन भएको 'मेरो सरकार'को विषयमा पनि उनले ट्वीट गरेका छन् । उनले ट्वीट गर्दे भनेका छन् पहिले पहिले श्री ५ को सरकार छदाँ राजा मेरो सरकार भन्थे अहिले नीति तथा कार्यक्रम पढ्दा राष्ट्रपति विद्याले प्वाक्क मेरो सरकार भनिन् । उनले ट्वीटमा भनेका छन् तै-तै राष्ट्रपतिलाई  किन महारानी घोषित नगर्ने,उनले बरु राष्ट्रपतिलाई महारानी नै घोषित गरौ भन्ने खालको विचार राखेका छन् । 

उनले यसैमा थपेका छन्,भनेसि प्रम ओली विद्या सरकारका प्रजा भएछन् । म त भन्छु–तै तै विद्यालाई महारानी घोषित किन नगर्ने ? माग्नु छ मोही,ढुंग्रो किन लुकाउने ?

हिजो संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति  विद्यादेवी भण्डारीले मेरो सरकार भनेपछी यो विषयले निकै चर्चा पाएको छ । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया