फोरम र नयाँ शक्ति एकताबारे के भन्छ राजपा ?

४ बर्ष अगाडि

लहान–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव मनिषकुमार सुमनले सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकीकरण दलको सङ्ख्या घटाउने काम मात्र भएको टिप्पणी गरेका छन् । 

फोरम नयाँ शक्ति एकीकरणको सन्दर्भमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव सुमनले दुवै दलको एकीकरणले खासै कुनै उपलब्धि नभई निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सङ्ख्या घटाउने काम भएको बताए । 

“नयाँ शक्तिभन्दा मधेशको कुनै दलसँग फोरमले एकता गरेको भए उपलब्धिपूर्ण हुने थियो,” उनले भने, “समाप्त भइसकेको पार्टीसँग एकता गर्नु र नगर्नाको कुनै खासै महत्वपूर्ण उपलब्धि होइन तर लोकतन्त्रमा पार्टीहरु एक हुनु सकारात्मक हो ।” दलीय प्रतिस्पर्धामा दलहरु एकापसमा फुट्नुभन्दा जुट्नु सकारात्मक भएकाले फोरम नयाँ एकतालाई पनि त्यही रुपमा आफूहरुले लिएको उनको भनाइ थियो ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया