फोटोका कारण बाबुराम भट्टराई र खगेन्द्र संग्रौलाबिच वाक युद्ध, भट्टराइले मागे माफी

४ बर्ष अगाडि

काठमाडौँ – समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र लेखक खगेन्द्र संग्रौलाबिच ट्वीटरमा वाक युद्ध चलेको छ । 

प्रसंग हो बाबुराम नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमको एकताको झलकको । 

एकताको दिन जब बाबुराम र उपेन्द्र कानेखुसी गरिरहेको बेलामा उनिहरुका पछाडी खिचिएको फोटोमा सुरक्षा गार्ड देखिएका कारण दुवै बिच वाक युद्ध चलेको हो । 

संग्रौलाले सार्वजनिक मच्चमा धरी राजसी गाथको रक्षार्थ बडो दम्भी मुद्रामा पछाडि पिस्तोलधारी सिपाहीलाई खडा गराउने मान्यवर क्रान्तिकारीले लोकलाई दिने लोकतन्त्र र समाजवादको अनुहार  कस्तो होला ? भनेर ट्वीटरमा प्रश्न गरेका थिए । 

उनै संग्रौलाको ट्वीटलाई रि ट्वीट गर्दे भट्टराईले जवाफ दिएका छन् । भट्टराईले भनेका छन्,धन्यवाद, वरिष्ठ व्रो ! फोटोमा देखिएको हाम्रो यो कानेखुसी यही सुरक्षाकर्मीलाई हटाउने विषयमा थियो ! मैले त हटिसकेहोलान् भन्ने ठानेको थिएँ, पछि फर्केर पुन: चेक गर्न विर्सिएछ! भूलचुक माफ होस्! हाम्रो समाजवाद अर्को नक्कली जिनिस हैन साँच्चिकै उन्नत संघीय समाजवाद हुनेछ!

ट्वीट 

 

४ बर्ष अगाडि

प्रतिक्रिया