ओली सरले आफैँ महाराज भएर धर्ती र आकाश कब्जा गरे : खगेन्द्र संग्रौला

४ बर्ष अगाडि

काठमाडौँ – लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री कपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणमा जादा आफैले महाराज भएर आकास कब्जा गरेर गएको आरोप लगाएको छन । 

उनले सवारीमा धर्ती र आकास कब्जा गरेर राष्ट्रपति विद्यादेवी भण्डारीको सर्वत्र विरोध हुदा पनि प्रधानमन्त्रीले नसिकेको आरोप लगाए । 

उनले प्रधानमन्त्रीलाई आफुलाई अरुको आखाले नहेर्ने र अरुका कानले नसुन्ने भन्दै सा सान हिटलर भएको दावी गरे । 

उनले ट्वीटमा लेखेका छन्,सवारीमा धर्ती र आकाश कब्जा गर्दा महारानी विद्याको सर्वत्र निन्दा भएको देखेर ओली सरले किन सिक्थे ? भियतनाम सवारी हुँदा आफैँ महाराज भएर यिनले धर्ती-आकाश कब्जा गरे।आफूलाई अरूका आखाले नहेर्ने र अरूका कानले नसुन्ने दम्भीहरू ससाना हिटलर हुन्।

 

४ बर्ष अगाडि

प्रतिक्रिया