(Saturday, 17 August, 2019)
By: आजको अर्थ
बैशाख २६, २०७६

काठमाडौं– उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीको पदाधिकारी बैठकले विभिन्न ५ निर्णय गरेको छ । 
 बिहीबार बसेको बैठकले तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालको तल्लो तहको कमिटी समायोजनका लागि एक कार्यदल गठन गरिएको छ । 

समायोजन कार्यदलमा हेमराज राई, रेणु यादव, गंगा श्रेष्ठ, रामसहाय यादब र डम्बर खतिवडा रहेका छन् । 
यस्तै विभिन्न पार्टीलाई एकता प्रक्रियामा सहभागी गराउन एक वार्ता समितिी गठन गरिएको छ । 
समितिमा राजेन्द्र श्रेष्ठ, पर्शुराम खापुङ्ग, नवराज सुवेदी र रामसहाय यादव रहेका छन् । 

बैठकले आगामी ज्येष्ठ ११ देखि २५ गतेसम्म ८ स्थानमा  अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय समेत गरेको भने कार्यालय व्यवस्थापनको जिम्मेवारी हिसिला यमी र प्रकाश अधिकारीलाई दिइएको छ ।  
सञ्चार सम्पर्कको लागि प्रशान्त सिंहको नेतृत्वमा विश्वदीप पाण्डे, महेश चौरासिया र पूर्णबहादुर बस्नेतलाई तोकिएको छ । 
 



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत