२०१९ भित्र अभिनयमा देखिने यी हुन् स्टार किड्स

४ बर्ष अगाडि

मुम्बई – अभिनेता मोहनीश बहलकी छोरी प्रनुतनपछि केही अन्य स्टार किड्स बलिउड डेब्युका लागि तयार रहेका छन् । प्रनुतनले फिल्म ‘नोटबुक’बाट आफ्नो करियर शुरुआत गरेकी हुन् । आज चर्चाको बिषय ति स्टार किड्स हो हुन्, जो २०१९ भित्र बलिउड प्रवेश गर्दैछन् । 

करन कपाडिया

अभिनेत्री ट्वीङ्कल खन्नाको भाई करण एक्सन थ्रिलर फिल्म ‘ब्ल्याक’बाट बलिउड डेब्यु गर्दैछन् । एक सुसाइट जीन्दगीमा बनेको यो फिल्म ३ मे मा रिलिज हुँदैछ ।

अनन्य पाण्डे

चंकी पाण्डेकी छोरी अनन्य पाण्डे फिल्म ‘स्टुडेन्ट अफ द इयर २’बाट डेब्यु गर्दैछिन् । फिल्म मे महिनामा रिलिज हुँदैछ । 
 
करण देओल

अभिनेता तथा निर्माता सनी देओलका छोरा करण ‘पल पल दिलसे पास’बाट बलिउडमा डेब्यु गर्दैछन् । यो फिल्मको नाम उनको हजुरबुबा धर्मेन्द्र अभिनित ‘ब्ल्याकमेल’को गीत ‘पल पल दिलके पास’बाट लिइएको हो ।

अहान शेट्टी 

अभिनेता सुनिल सेट्टीका छोरा अहान हिट तेलुगु फिल्म ‘आर एक्स १००’को हिन्दी रिमेकमा देखिने छन् । पोष्ट प्रोडक्सनमा रहेको यो फिल्मको सुटिङ तयारी भइरहेको छ । 

अलिजेह अग्निहोत्री

सुपरस्टार सलमान खानकी भान्जी अलिजेहले ‘दबंग ३’बाट बलिउड अभिनय सुरु गर्दैछिन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया