(Monday, 22 July, 2019)
By: आजको अर्थ
बैशाख २९, २०७६

दाजु युधिष्ठिरलाई भाइ पाण्डवहरु सवै सम्मान गर्थे । जस्तोसुकै अवस्थामा पनि आदेश पालन गर्थे । भाइहरुसँग सल्लाहै नगरी दुर्योधनको दरबारमा गएर शकुनीसँग पासा खेले । उनलाई पासा खेल्न राम्रो आउँदैनथ्यो । नजानेरै राजपाट सवै जुवामा थापे, हारे । अन्तमा भाइ पाण्डवहरु र महारानी द्रौपदीलाई समेत जुवामा थापे, हारे । भाइ पाण्डवहरुले चुँइक्क प्रतिवाद गरेनन् ।

युधिष्ठिरकै कारण उनकै नेतृत्वमा भाइ पाण्डव र द्रौपदीले १२ वर्षको वनबास र एक वर्षको गुप्तबासका अनेकौं दुःख कष्ट झेले । कुनै प्रतिवाद गरेनन् ।

दुर्योधनले जबर्जस्ती खोसेको आफ्नो राज्य फिर्ता लिन पाण्डवले कूटनीतिक पहल गरे । कृष्ण शान्तिदूत बनेर हस्तिनापुर पुगे । दुर्योधनलाई सम्झौताका लागि मनाउन प्रयास गरे । दुर्योधनले  सियोको टुप्पो गोप्न पुग्ने जमीन पनि दिन्न भन्यो । आफ्नो हक अधिकार लिन पाण्डवले युद्ध नै गर्नु पर्ने भयो । कौरबका पक्षमा अजेय योद्धाहरु धेरै थिए । युद्ध गर्न सजिलो थिएन । 

वाध्यतावस पाण्डवहरु युद्धमा होमिए । अर्जुन सर्वश्रेष्ठ धनुर्धर थिए । यसै त पाण्डव पक्षमा अरु पनि नामूद वीर योद्धाहरु थिए । तर पनि अर्जुनको जिम्मेवारी धेरै थियो । जहाँनिर असजिलो पर्छ त्यहाँ अर्जुन पुग्नु पर्थ्यो । शक्ति र बुद्धिका धनी कृष्ण सारथी नहुँदा हुन् त युद्धमा अर्जुनले शत्रुपक्षका सवैलाई जितेर अन्तिम विजय हासिल गर्न सक्ने अवस्था नै थिएन ।

महाभारत युद्ध घमासान रुपमा चलिरहेको थियो ।यति वेला कौरवसेनाका सेनापति महारथी कर्ण थियो । दुर्योधनजस्तै कर्ण पनि पाण्डवहरुको कट्टर शत्रु थियो । अर्जुनलाई अझ बढी नै रिस गर्थ्यो। अर्जुन संशक्तक गणसँग युद्धमा अल्झिएको मौका पारेर कर्णले युधिष्ठिरमाथि आक्रमण गयो । झण्डै आधा घण्टाजति त युधिष्ठिरले सामना गरे । त्यसपछि उनको जोड चलेन । कर्णले नराम्ररी दपेट्यो । अपशव्दहरु बोल्दै तीखातीखा वाण हानेर कर्णले युधिष्ठिरलाई हावाकावा बनायो । ज्यान जोगाउन नसक्किने अवस्था परेपछि युधिष्ठिर युद्धस्थल छोडेर शिविरतिर भागे । कर्णलाई ललकार्दै भीमसेन अगाडि बढेपछि बल्ल कर्ण रोकियो । युधिष्ठिरमाथि थप आक्रमण गर्न पाएन ।

आफ्नो शिविरमा पुगेर युधिष्ठिरले  घाउहरुमा मलमपट्टी गराए । यतिखेर उनलाई यी शारीरिक चोटभन्दा युद्धभूमिमा कर्णका अगाडि टिक्न नसकेर भाग्न पर्नुको चोट कैयौं गुना बढी थियो । कति बुझाउन खोज्दा पनि उनको चित्त बुझिरहेको थिएन ।

भयंकर युद्धमा संशक्तक गणलाई छिन्नभिन्न पारेर भगाएपछि एकछिन सुस्ताउन यत्ति नै वेला अर्जुन र कृष्ण पनि शिविरमा आइपुगे । आफ्नो विजयबाट प्रसन्न थिए अर्जुन । युधिष्ठिरले ठाने अहिले अर्जुन कर्णलाई मारेर फर्केको हुनुपर्छ । उनी खुसीले हुर्दुराँउँदै उठे र भाइलाई अंकमाल गर्दै भने, धन्य छ अर्जुन तिमीले त्यस दुष्ट कर्णलाई मायौ । बल्ल हाम्रो जीवनको काँडो उखेलियो ।

युधिष्ठिरले अर्जुनलाई हेरेर प्वाक्क भने, अर्जुन, तिम्रो गाण्डीवले पनि छोरालाई मृत्युबाट जोगाउन सकेन । तिम्रो त्यस गाण्डीवलाई धिक्कार छ । चोटको रन्थनाहटमा युधिष्ठिरले भनि हाले । अर्जुनलाई थप समस्या पर्‍यो । गाण्डीबलाई कसैले धिक्कार भन्छ भने त्यसलाई प्राणदण्ड दिन्छु भन्ने अर्जुनको प्रतिज्ञा थियो । चिन्ताको बीच पनि जर्‍याकजुरुक उठेर अर्जुनले गाण्डीव उठाए । ठोक्राबाट वाण झिके । पाण्डव सेनाका तमाम वीरहरु सातो गएको अनुहारले मुखामुख गर्न थाले ।
यस्तै असजिलो र घमासान युद्धका बीच एक दिन अर्जुनलाई युद्धमा एकातिर अल्झाएर कौरवपक्षका महारथीहरुले अर्जुनपुत्र महारथी अभिमन्युलाई मारे । यो सहिसक्नुको चोट थिएन । पाण्डव द्रौपदी सुभद्रा सवै रन्थनिएका थिए । कृष्ण सम्झाउने बुझाउने उपाय सोच्दै थिए । यसैबीच युधिष्ठिरले अर्जुनलाई हेरेर प्वाक्क भने, अर्जुन, तिम्रो गाण्डीवले पनि छोरालाई मृत्युबाट जोगाउन सकेन । तिम्रो त्यस गाण्डीवलाई धिक्कार छ ।

चोटको रन्थनाहटमा युधिष्ठिरले भनि हाले । अर्जुनलाई थप समस्या पर्‍यो । गाण्डीबलाई कसैले धिक्कार भन्छ भने त्यसलाई प्राणदण्ड दिन्छु भन्ने अर्जुनको प्रतिज्ञा थियो । चिन्ताको बीच पनि जर्‍याकजुरुक उठेर अर्जुनले गाण्डीव उठाए । ठोक्राबाट वाण झिके । पाण्डव सेनाका तमाम वीरहरु सातो गएको अनुहारले मुखामुख गर्न थाले । अर्जुन गाण्डीव धनुषमा तीर जोड्दै थिए, कृष्ण उनका अगाडि उभिन पुगे । अर्जुनका बायाँ काँधमा आफ्नो दायाँ हात  राखेर आत्मीय लवजमा सोधे, अर्जुन, को छ यहाँ शत्रु र तिमी प्रहार गर्न तम्सेका छौ ?

मेरो दृढ प्रतिज्ञा तपाईँलाई पनि थाहा छ कृष्ण, म दाज्यु युधिष्ठिरलाई मार्न बाध्य भएँ । म वहाँलाई मार्छु ।

यो सुनेर त्यति वेला त्यहाँ भएका सवै स्तब्ध भए । बोल्ने आवाज कसैसित थिएन । यो पाण्डवपक्षमा भयंकर उल्कापात थियो । युद्धको त्यस पेचिलो समयमा अर्जुनले युधिष्ठिरलाई नै मारेपछि त्यस न्यायिक युद्धको भविष्य के हुने ?

पख अर्जुन, कृष्णले दह्रो आवाजमा भन्नुभयो । तिमी वेला वेला यस्तै गल्ती गर्न खोज्छौ । तिमीलाई मानवीय धर्म र परम्परा थाहै छैन कि कसो ?

यो मेरो प्रतिज्ञाको सवाल हो कृष्ण, अर्जुनले भने ।

होला । तर तिम्रो प्रतिज्ञाको पालना युधिष्ठिर दाइलाई मारेरै मात्र पूरा हुन्छ ? अर्को बाटो छैन ? 

अर्को बाटो के छ त ? अर्जुनले कृष्णका आँखामा आँखा जुधाएर भने ।

 छ , बाटो किन छैन । अर्को बाटो पनि छ । मान्यजनलाई मुख छाड्नु पनि मार्नु बरावर हो । दाज्युसँग चित्त नबुझेका जे जति कुरा तिम्रा मनमा छन् । ती सवै ओकलेर दाज्युलाई मुक्तकण्ठ आलोचना गर । त्यति गरेपछि तिम्रो प्रतिज्ञा पूरा हुन्छ । मार्नु पर्दैन ।

कृष्णको युक्तियुक्त भनाइ सुनेपछि अर्जुनले धनुर्वाण ठाउँमा राखे । त्यहाँ उपस्थित सबैको मुखमण्डलमा रक्तसन्चार भयो । युधिष्ठिरका मुहारमा कुनै परिवर्तन देखिएन ।

धर्मका नाममा तपाईँले बेलाबेला देखाउनुभएको लाछीपनले कौरवहरु बलिया भए । हामी निर्धा भयौँ । तपाईँ कौरवसभामा शकुनीको नियत बुझी बुझी पनि जाली जुवामा सरिक हुनुभयो । तमाम राज्यश्री हार्नुभयो । त्यतिले नपुगेर भाइहरु र महारानी द्रोपदीलाई पनि जुवाको दाउमा राखेर हार्नुभयो । यत्रो उपध्रो गर्नुअघि एकवचन हामीसित सल्लाह लिनु भएन । कौरवसभामा द्रौपदीका बेइज्जती र आर्तनादले पनि तपाईँलाई छोएन ।

अर्जुन युधिष्ठिरतिर फर्केर भन्नथाले, दाइ तपाईँलाई दाइ भन्न पनि लाज मर्नु छ । धर्मका नाममा तपाईँले बेलाबेला देखाउनुभएको लाछीपनले कौरवहरु बलिया भए । हामी निर्धा भयौँ । तपाईँ कौरवसभामा शकुनीको नियत बुझी बुझी पनि जाली जुवामा सरिक हुनुभयो । तमाम राज्यश्री हार्नुभयो । त्यतिले नपुगेर भाइहरु र महारानी द्रोपदीलाई पनि जुवाको दाउमा राखेर हार्नुभयो । यत्रो उपध्रो गर्नुअघि एकवचन हामीसित सल्लाह लिनु भएन ।

कौरवसभामा द्रौपदीका बेइज्जती र आर्तनादले पनि तपाईँलाई छोएन । द्रौपदीको साहसका कारण धृतराष्ट्रबाट राजपाठ फिर्ता पाएपछि फेरि दोहोर्‍याएर जुवामा नारिनु भयो । वाह्र वर्षको जङ्गलवास र एक वर्षको तरवारधारे गुप्तबास कम कष्टकर थिएन । तपाईँकै कारण हामी सवैले भोग्नुपर्‍यो । विगतमा तपाईँका यस्ता उपध्रोहरु धेरै छन् । हामीले सवै सहेका हौं । तपाईँ हृदयहीन हो । वुद्धिहीन हो  । लाछी हो । जुवाडे हो । तपाईँको सज्जनता त केवल ढकोसला हो । खोल हो । तपाईँलाई धिक्कार छ ।

अर्जुनको धाराप्रवाह आलोचना सुनेपछि युधिष्ठिर गम्भीर भए । मनमनै सोचे, ‘जेठो र सम्मानित भएँ भन्दैमा मैले आफ्ना घरपरिवारका सवैसँग सल्लाह नगरी जथाभावी चल्न बोल्न हुँदैन थ्यो । जहिले पनि निर्णय म एक्लैले गरेँ । दुःख भाइहरु र द्रौपदी समेतले भोग्नुपर्‍यो । मान्छन् भन्दैमा कसैमाथि पनि जथाभावी आफ्नो निर्णय लाद्नु भलादमीपन होइन । सत्यनिष्ठा होइन । शुर्‍याइँ र वीरता पनि होइन ।

जतिसुकै नजिकको मानिस होस् राम्रो नराम्रो व्यवहारको छाप त उसको मनमस्तिष्कले बोक्छ । बिर्सँदैन । वास्तवमा मैले गल्ती गरेकै हूँ । भर्खरै पनि मैले प्वाक्क बोल्नुको कुनै तुक थिएन । अर्जुनले मलाई धिक्कार्नु जायज छ । मजस्तो धिक्कारलायक व्यक्तिले फेरि राजा बन्छु राज्य गर्छु भन्ने इच्छा आकांक्षा राखेर युद्धमा सरिक हुनु बेकार छ । म त जोगी हुनुपर्ने मान्छे हूँ ।’ उठेर सवैतिरहेर्दै युधिष्ठिरले भने, “म त अब सन्न्यासी बन्ने विचारमा पुगेँ ।”

“आवेशमा आएर कुनै निर्णय नगर्नुहोस् दाइ”, कृष्णले नै  अगाडि बढेर युधिष्ठिरलाई सम्झाए, “विगतमा रोपिएका समस्याका समाधान गर्न पनि तपाईँका राजकीय कर्तव्यहरु धेरै बाँकी छन् । तपाईँकै आह्वानमा कति वीरहरु अगाडी बढेर युद्धक्षेत्रमा आहुति दिइरहेका छन् । तपाईँले जथाभावी निर्णय लिने घडी यो होइन । हृदयको दुर्वलता त्यागेर आफ्नो साविक ठाउँमा उभिनुहोस् । दह्रोसँग उभिनुहोस् । यही तपाईँको सही बाटो हो ।”

उपस्थित सवैले कृष्णका कुरामा सहमत हुँदै ताली पड्काए ।

यसैबीच अर्जुनले भने, मैले आज यति आदरणीय दाज्युको अनादर गरेँ । अव म यस धर्तीमा बाँच्न लायक रहिनँ । मलाई सवैले अनुमति दिनुहोस् म अहिल्यै यहीं यो देशत्याग गर्छु । यति भनेर अर्जुन आफैं मर्ने तैयारीमा लागे ।  

त्यहीँ बसेर यो सबै देखिबुझि रहेका कृष्णले भने, अर्जुन, फेरि अर्को उपध्रो गर्न तम्स्यौ हैन ? पख, अर्जुनको आँखामा आँखा जुधाएर हेर्दै कृष्णले भने, दाजुलाई जथानाम भनेपनि तिमीमा यो ग्लानि आउनु स्वाभाविकै हो । यसको प्रायश्चित्त गर्न तिमीले मर्नु पर्दैन । मरेजत्तिकै भइने तर नमरिने एउटा उपाय म तिमीलाई भन्छु । तिमी जुरुक्क उठ । यहँ उपस्थित सबैले सुन्नेगरी भरमारसँग आफ्ना प्रशंसा गर । आफ्ना प्रशंसा आफैंले गर्नु पनि मर्नु बराबर हो । म शास्त्रसम्मत कुरा भन्दैछु, ल उठ ।

पाण्डवहरु कृष्णका आज्ञाकारी थिए । त्यसमा पनि अर्जुन त कृष्णका अभिन्न मित्र समेत थिए । कृष्णको सल्लाहलाई आदेश मानेर अर्जुन उठे । सवैका अगाडि आफ्ना बढ्याइँ गर्दै आत्मप्रशंसा गरे । अर्जुनले आफ्नो प्रशंसा आफैंले गरेको देखेर सुनेर त्यहाँ उपस्थित सवैले लज्जाले शिर निहुराए ।

अर्जुनले क्षमाप्रार्थी शैलीमा सरासर गएर युधिष्ठिरलाई प्रणाम गरे । युधिष्ठिरले अर्जुनलाई झ्याम्म अँगालो हाले । दुवैले आँसु थाम्न सकेनन् । त्यहाँ उपस्थित सवैका आँखामा आँसु भरिएर आयो ।



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत