नेपाल टेलिकम द्वारा निशुल्क सिमकार्ड बितरण

बैशाख ३०, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौँ – नेपाल टेलिकमले विकट हिमाली जिल्ला बझाङमा निशुल्क सिमकार्ड बितरण गरेको छ ।  

टेलिकमले जिल्लाको बुंगल नगरपालिकाको देउलीकोट,दहबगर र जयपृथ्वी नगरपालिकाको ग्वानीमा नयाँ नमस्ते टावर निर्माण गरेपछि त्यस क्षेत्रका बासिन्दाहरुलाई निशुल्क सिमकार्ड बितरण गरेको हो ।

टेलिकमले हिमाली जिल्ला बझाङ आएर ५० रुपियाँ ब्यालेन्स भएको सिमकार्ड निशुल्क बितरण गर्दा जनतामा खुसी छाएको जयपृथ्वी नगरपालिका १० घर भएकी बिना रसाइलीले बताइन । उनले भनिन् टेलिकमले निशुल्क सिमकार्ड बितरण गरेर निम्न आयस्रोत भएका दिनदुखीहरु मन जितेको छ ।

देउलीकोट र दहबगर गरी ४ सय ६० सिमकार्डहरु बितरण गरी सकेको टेलिकमले आज चैनपुरमा रहेको नेपाल टेलिकमको कार्यालयमा निशुल्क सिमकार्ड बितरण कार्य शुरु भएको छ ।

जिल्लाको ३ ठाउँमा नयाँ नमस्ते टावरहरु निर्माण भएपछि नेपाल टेलिकमको केन्द्रिय कार्यालयको निर्णय अनुसार त्यस क्षेत्रका बासिन्दाहरुलाई निशुल्क नमस्ते सिमकार्ड बितरण गरेको नेपाल टेलिकमका सहायक व्यापार अधिकृत बसोल ढुंगेलले बताए । 

जिल्लामा हाल सिडिएमए ९ स्काई०,नमस्ते,स्मार्ट, एनसेल लगायतले सेवा दिदै आइरहेका छन । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८