प्रेम गर्नु नराम्रो कुरा होइन तर म चाहिँ सिंगल नै छु: नायिका आँचल शर्मा

४ बर्ष अगाडि

नायिका आँचल शर्मा पछिल्लो समयकी निकै चर्चित र व्यस्त नायिका हुन् । उनी बेला बेलामा पलसँगको प्रेमका कारण चर्चामा आउने गर्छिन् । पल र आँचलले आफूहरु एकअर्काको मिल्ने साथी मात्र भएको बताउँदै आएको भएपनि यी दुईको नाम जोडिन भने छोडेको छैन ।

यस्तै आजभोली आँचल प्रेममा भएको कुरा समेत आउन थालेको छ । जसमा आँचलले प्रेम गर्नु नराम्रो कुरा होइन तर म चाहिँ सिंगल नै छु भनेकी छिन् । आँचलले आफूलाई आफ्नो व्यक्तिगत जीवनका कुराहरु मिडियामा ल्याउन त्यति उचित नलाग्ने पनि बताइन् । उनले आफ्नो प्रेम भएपछि पनि सकेसम्म त्यो कुरा मिडियामा नआओस् भन्ने चाहना रहेको समेत बताइन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया