हाइड्रोपावर कम्पनी टाट पल्टदै गर्दा अरुण भ्यालीको नाफाले देखायो यस्तो अवस्था

४ बर्ष अगाडि

काठमाडौं –  पछिल्लो समयमा धेरै हाइड्रो पावर कम्पनीहरु टाट पल्टदै गएका छन् । पछिल्ला दिनमा धेरै हाइड्रो पावर कम्पनीको नाफा क्रमशः घट्दै गएका छन् ।

तर अरु कम्पनी टाट पल्टिदै गएको समयमा अरुण भ्याली हाइड्रो पावर विकास कम्पनीले भने रु ४ करोड १७ लाख ४४ हजार खुद मुनाफा कमाएको छ । 

कम्पनीले चालु वर्षको चैत्रसम्मको अवधिमा यो मुनाफा कमाएको हो । चालु वर्षमा आर्जन गरेको मुनाफा गत वर्षको यही अवधिको तुलनामा रु १ करोड ७८ लाख २४ हजार बढी भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार गत वर्ष रु २ करोड ३९ लाख १९ हजार खुद नाफा आर्जन भएको थियो ।

कम्पनीको तेस्रो चौमासिक वित्तीय विवरण अनुुसार विद्युत बिक्रीबाट रु ४ करोड २० लाख ३९ हजार आम्दानी भएको छ ।

यो गतवर्षको तुलनामा करिब रु ६५ लाखले बढी हो । यसैगरी, अन्य शिर्षकबाट साढे रु ३ करोड ४ लाख ४८ हजार आम्दानी गरेको छ । अन्य शिर्षकको गतवर्षको आम्दानी रु १ करोड २० लाख ८० हजार थियो । कम्पनीले संखुवासभामा ३ मेगावाटको पिलुवा खोला जलविद्युत आयोजना निर्माण गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया