जब प्रियंका गान्धीले जुलुसको गाडीबाट ओर्लेर मोदीका समर्थकसँग हात मिलाइन्...

४ बर्ष अगाडि

भारत – भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी लोकसभा चुनावको प्रचारका क्रममा सोमबार मध्यप्रदेश पुगेकी छन् । 

विमानस्थलबाट जुलुससहित चुनावी अभियानमा जाँदै गर्दा व्यस्त सडकमा उनले एकाएक गाडी रोक्न लगाइन् । नजिकै ‘मोदी–मोदी’ को नारा लगाइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समर्थक युवाको एउटा समूह थियो । 

प्रियंका सरासर उनीहरुतर्फ बढिन् । केहीसँग हात मिलाइन् र भनिन्, ‘तपाईहरु आफ्नो ठाउँमा, म आफ्नो ठाउँमा । शुभकामना छ ।’ प्रियंकाको यो व्यवहारबाट मोदी समर्थक युवाहरु आश्चर्यमा परे । केहीले उनीसँग तस्बिर पनि खिचाए । र भने, ‘तपाईलाई पनि शुभकामना छ ।’

४ बर्ष अगाडि

प्रतिक्रिया